समाज

१० दिन थपियो निषेधाज्ञाः किनमेलका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढेपछि लगाइएको निषेधाज्ञा १० दिनका लागि थपिएको छ।

गत बैशाख २० देखि ३१ गते सम्मका लागि निषेधाज्ञा जारी रहेको अवस्थामा पनि नयाँ भेरियन्टको कोरोना संक्रमणको शृङ्खला नतोडिएपछि निषेधाज्ञा थपिएको हो।

बुधबार प्रशासन कार्यालयमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय प्रजिअ चक्रपाणी पाण्डेयले बताए। उनका अनुसार निषेधाज्ञा जेठ १० गते राति १२ बजे सम्म हुनेछ।

निषेधाज्ञामा अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेयले बताए। खाद्यान्न तथा अन्य सरसामान किनमेलका लागि भने दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको उनको भनाइ छ।

निषेधाज्ञामा निजी र सार्वजनिक सवारी साधन चलाउन, सभा सम्मेलन, गोष्ठी, हाटेल तथा रेस्टुरेन्ट लगायत संचालन गर्न रोक लगाइएको छ।

जिल्लामा मंगलबार साँझसम्म १ हजार २सय४८ सक्रिय संक्रमित भेटिएका छन् भने ९२ जनाको मृत्यु भएको छ।

प्रकाशित: २९ वैशाख २०७८ ११:४० बुधबार

कोरोना संक्रमित निषेधाज्ञा