समाज

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा, थप कडा हुने

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेका हुन्। थप भएसँगै निषेधाज्ञा जेठ १३ गतेसम्म हुने भएको छ।

जारी निषेधाज्ञाले पनि नयाँ भेरियन्टको कोरोना संक्रमणको शृङ्खला तोड्न(चेनब्रेक) नभएपछि निषेधाज्ञा थप भएको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

उनले थपिएको निषेधाज्ञा विगतको भन्दा अझ कडा हुने पनि बताए। तीन जिल्लाका प्रजिअहरुको संयुक्त बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम गर्न नपाइने र घरमा घरमा बिहे गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने प्रजिअ भट्टराईले बताए।

उनले निषेधाज्ञामा गर्न पाइने र नपाइने कामहरु पूर्ववत नै रहेको पनि जानकारी दिए।

प्रकाशित: २८ वैशाख २०७८ ०८:०३ मंगलबार

प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप