समाज

ट्रकको ठक्करबाट श्रीमानश्रीमतीको मृत्यु

ट्रकले ठक्कर दिँदा सप्तरीमा श्रीमानश्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका–३ का ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी ४० वर्षीया श्रीमती सुनीतादेवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।  

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिम आउँदै गरेको ना ६ ख ३८६१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई हनुमाननगर कंकालिनी १ स्थित राजमार्ग खण्डमा ठक्कर दिएपछि मण्डल दम्पपती  गम्भीर घाइते भएका थिए।

दुवै जना घाइतेला लाई उपचारका लागि भारदह अस्पताल लैजाने क्रममा मृत्यु भएको डीएसपी काफ्लेले बताए। ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०७८ ०५:१९ मंगलबार

ट्रकको ठक्करबाट श्रीमानश्रीमतीको मृत्यु