समाज

२०७६ र २०७७ को वरिष्ठ पत्रकार सम्मान एवं राष्ट्रिय पुरस्कार घोषणा, क-कसले पाउने?

सरकारले २०७६ र २०७७ सालको वरिष्ठ पत्रकार सम्मान एवं राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ।

सूचना तथा प्रविधि मन्त्रालयले छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दुई सालको वरिष्ठ पत्रकार सम्मान एवं राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा एकैपटक गरेको हो।

मन्त्रालयले वि.सं. २०७६ सालको वरिष्ठ पत्रकार सम्मानबाट  पत्रकारहरु स्व. सुकदेव नेपाल (अग्निशिखा) (मरणोपरान्त)र सुनसरीका हर्ष सुब्बालाई र २०७७ सालको वरिष्ठ पत्रकार सम्मानका लागि रघु मैनाली र शार्दुल भट्टराईलाई सम्मान गर्ने भएकोृ छ।  

त्यस्तै २०७६ सालको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि बागलुङका इन्द्रमान बुढा (उजिर मगर), रामेछापका मात्रिका पौडेल,काठमाडौंकी संगीता खड्का,सिन्धुलीका  शेषराज दाहाल, बाँकेका हेमन्त बहादुर बि.क, धनुषाका सितल साह र २०७७ सालको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि भक्तपुरका दिलिपकुमार थापामगर, मोरङका दिपेन न्यौपाने, पर्वतका दुर्गाप्रसाद शर्मा, दोलखाका शुरोजंग पाण्डे, नुवाकोटका नितु पण्डितर ललितपुरका पूनम पौडेल सिफारिस गरिएको छ।

प्रकाशित: २४ वैशाख २०७८ ११:२७ शुक्रबार

वरिष्ठ पत्रकार सम्मान पत्रकारिता पुरस्कार