समाज

पीडित परिवारलाई १६ लाख राहत वितरण

धनकुटाको शहिदभूमी गाउँपालिकाले वडा नं ७ का पहिरो पीडित परिवारलाई जनही ५० हजारको दरले १६ लाख रुपियाँ राहत वितरण गरेको छ।  

गएको वर्षायाममा वर्षात्का कारण जमिन भासिएर घरहरु चर्किएका ३२ घर परिवारलाई राहत वितरण गरेको हो। गाउँपालिकाको विपत् व्यवस्थापन कोष मार्फत् उनीहरुलाई राहत प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए।

घर चर्किएका परिवारलाई नमूना बस्ती कार्यक्रममार्फत् बस्ती स्थानान्तरण गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ। 

प्रकाशित: २३ वैशाख २०७८ १४:५४ बिहीबार

परिवारलाई राहत गाउँपालिका