समाज

चार सिकिस्त बिरामी कर्मचारीको अझै उद्धार हुन सकेन

प्रतिकुल मौसमका कारण उद्दारमा समस्या

चीनको सिमावर्ती क्षेत्र उपल्लो डोल्पाको  डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धोमा सिकिस्त बिरामी परेका चारजना कर्मचारीको अझै उद्धार हुन सकेको छैन । सदरमुकाम दुनैदेखि पाँच दिनको पैदल दुरीमा रहेका स्वास्थ्य संयोजक सुरेन्द्र बिक, प्राविधिक खेमराज सिंह माधव पुन र तिन्जे स्वास्थ्य चौकीका प्रमुख दिक्पाल रोकायाको उद्दार हुन नसक्दा तीन दिनदेखि बिरामीले थला परेका छन् ।

 सिकिस्त बिरामी भएकाले हिँडेर दुनै पुग्ने अवस्था नभएको र हेलिकप्टेरबाट उद्दारको लागि मंगलबारदेखि पहल गरिए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर आउन नसकेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिए । बैशाख ४ गते कार्यालय कामको शिलशिलामा उपल्लो डोल्पा हिँडेका कर्मचारीहरु रुघाखोकी ज्वरो शरिर दुख्ने र श्वासप्रवासमा समस्याको समस्याले सिकिस्त रहेको बताईको छ ।

 बिरामीकहरुमा कोभिडको जस्तो लक्षण देखिए पनि उपल्लो विकट डोल्पामा परीक्षण गर्ने कुनै माध्यम नभएकाले एकिन गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । प्रतिकुल मौसमका कारण मंगलवारदेखि काठमाडौं पोखरा हुँदै उपल्लो डोल्पा पुग्ने हवाई मार्ग नखुलेकाले काठमाडौंबाट हेलिकप्टर उड्न नसकेको पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले जानकारी दिए ।

प्रकाशित: २२ वैशाख २०७८ ११:५० बुधबार