समाज

बैतडी जिप दुर्घटनाः मृतक संख्या ६ पुग्यो

बैतडीको पञ्चेश्वर गाउँपालिका–६ मा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। ४ जना घाइते भएका छन्। मंगलबार दिउँसो रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै र दुई जनाको उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउँदै गरेको से१ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिक्मतसिंह भण्डारी र ४० वर्षीय दीपकसिंह भण्डारीको घटनास्थलमै मृत्यु हो भने दशरथचन्द नगरपालिका–२ का जिप चालक तेजबहादुर बोहरा र ५० वर्षीय खेमसिंह भण्डारीको उपचारका ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक सबै वडा नम्बर–६ कै स्थानीय रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। घाइते चार जान उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याइएको छ। जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ। साँघुरो घुम्तीमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७८ १२:५९ मंगलबार

बैतडी जिप दुर्घटना