समाज

एकै परिवारका तीनजना अचेत अवस्थामा फेला, एकको मृत्यु

भक्तपुरको एक परिवारका तीन जना सदस्य वेहोस अवस्थामा भेटिएका छन्। भेटिएका उनीहरुमध्ये एकजनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। जिल्लाको सूर्यविनायक नगरपालिका १० मिलन चोकस्थित वर्ष ६२ को कान्छा ङाखुसीको ३ तले पक्की घरको भुइतलामा डेरामा बस्ने उनीहरुध्ये एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनीहरुमध्ये काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका ३ गुडुवाल घर भई सूर्यबिनायक नगरपालिका १० मिलन चोक डेरा गरी बस्ने वर्ष ४० वर्षीया शान्तीमाया ब्लोन तामाङ र निजको छोरी सोही स्थान वस्ने वर्ष १८ वर्षीया अनिता तामाङको उपचार भइरहेको जनाइएको छ। निजको छोरी सोही स्थान बस्ने २२ वर्षीया सुनिता तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए।  

तत्कालको घटनास्थलको प्रकृति, घाइतेको अवस्था र सोधपुछबाट हेर्दा कोठाका सम्पूर्ण झ्याल ढोका बन्द गरी सुत्केरीलाई सेक्न मकलमा कोइला बालेको कारण आवश्यक मात्रामा अक्सिजनको कमीले गर्दा निस्सासिएर उक्त घटना भएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ।  

हालसम्मको अनुसन्धानको क्रममा घटनास्थलको प्रकृति हेर्दा अनिताले सुत्केरी भएकोले सुत्केरीलाई सेकताप गर्ने प्रयोजनार्थ मकलमा बालेको कोइला रहेको, कोठा सम्पूर्ण झ्याल ढोकाभित्रबाट बन्द अवस्था रही पर्याप्त मात्रामा अक्सिजन खेल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ। जुठा भाडाहरुसहित पकाएको भाडाहरुमा दाल, भात, तरकारी रहेको, मोबाइलहरु बेड नजिक मृतकका आफन्तहरुसंग बुझ्दा अनिताले जन्माएको बच्चा भान्जा पर्ने सोनाम तामाङको साथी जेम्स कुसुलेको जेठान दाई र दिदीलाई पालनपोषणको लागी जिम्मा दिएको र मृतक सुनिता तामाङ र घाइते अनिता तामाङको बैबाहिक सम्बन्ध राम्रो नरहेकोले आफ्नै आमासंग बस्दै आएको भन्ने बुझिएको जनाइएको छ।  

घटना सम्बन्धमा मृतकको बुवा सलाम तामाङले महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा आई प्रकार नखुलेको फुटकर ज्यान मुद्दा शीर्षकमा जाहेरी दरखास्त दिएको प्रहरीले जनाएको छ। मृत लाशलाई पोष्टमार्टमका लागी काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा लगी पोष्टमार्टम पश्चात लाश सतगतका लागि मृतकको बुवा सलाम तामाङलाई जिम्मा दिइएको जनाइएको छ। मृत लाशको रगत र भिषेरासमेत निकाली परीक्षणका लागी पठाउने प्रयोजनार्थ राखिएको छ। उक्त घटनामा बेहोस भएका अन्य २ जना व्यक्तिहरुको सम्बन्धमा अस्पताल श्रोतबाट जानकारी भए अनुसार निजहरुको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको जनाएको छ। तर राम्ररी बोल्न नसक्ने अवस्थामा रहेका खुल्न आएको प्रहरीले जनाएको छ  

प्रहरीका अनुसार घटनास्थलका कोठाका झ्याल ढोकामा चुकुल लगाएकाले चुकुल फोडी हेर्दा मुखबाट फिज काटी बेहोस अवस्थामा फेला पारी तत्काल उपचारको लागी मध्यपुर अस्पताल ठिमी भक्तपुर लगिएकोमा उपचारकै क्रममा सुनिताको मृत्यु भएको जनाइएको छ।  

 

प्रकाशित: २१ वैशाख २०७८ ०६:३९ मंगलबार

एकै परिवारका तीनजना अचेत अवस्थामा