समाज

चट्याङ लागेर वडा सदस्यको मृत्यु

बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ। 

सोमबार राती साढे ८ बजे परेको चट्याङ लागेर पञ्चेश्वर गाउँपालिका–६ का वडासदस्य गोविन्दसिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।  

घर नजिकै गहुँमकै पिस्ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको हो।

प्रकाशित: २१ वैशाख २०७८ ०५:१३ मंगलबार

चट्याङ लागेर वडा सदस्यको मृत्यु