समाज

वैशाखयता बाँकेमा कोरोना संक्रमणबाट ९७ जनाको मृत्यु

बाँकेका मात्रै ६९ जनाको मृत्यु, पाँच हजार ३९३ जना संक्रमित

तीव्र रुपले कोरोना संक्रमण फैलिएपछि वैशाख महिनायता मात्रै बाँकेमा कुल ९७ जनाको मृत्यु भएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार वैशाख १ देखि १९ गतेसम्म मृत्यु हुनेमा ५६ पुरुष र ४१ महिला रहेका छन्। यसमध्ये बाँकेका मात्रै ६९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ पुरुष र ३३ महिला रहेका छन्। 

केन्द्रका अनुसार बाहिरी जिल्लाका समेत गरेर वैशाख १ देखि ४ गतेसम्म १/१ जना, वैशाख ५ गते ४ जना, ६ गते २ जना, वैशाख ७ देखि ९ गतेसम्म ३/३ जना, १० गते २ जना, ११ गते ६ जना, वैशाख १२ गते १० जना, १३ गते ५ जना, वैशाख १४ गते १० जना, १५ गते ४ जना, वैशाख १६ गते १२ जना, १७ गते ८ जना, वैशाख १८ गते ९ जना र १९ गते १२ जनाको मृत्यु भएको छ।  

यस्तै बाँकेका मात्र वैशाख २, ५ र ६ गते १/१ जना, वैशाख ७ र ८ गते ३/३ जना, वैशाख ९ गते २ जना, १० गते १ जना, वैशाख ११ गते ६ जना, १२ गते ८ जना, वैशाख १३ गते ४ जना, १४ गते ७ जना, वैशाख १५ गते ४ जना, १६ गते ९ जना, १७ र १८ गते ५/५ जना र १९ गते ९ जनाको मृत्यु भएको छ।

अहिलेसम्म २ हजार ९ सय ६१ पुरुष र २ हजार ४ सय ३२ गरी कुल ५ हजार ३ सय ९३ जना संक्रमित भएका छन्। यसमध्ये २ हजार १ सय ३५ पुरुष र १ हजार ७ सय ६१ महिला गरी ३ हजार ८ सय ९६ जना सक्रिय संक्रमित छन्। कोरोना संक्रमित भएर पनि अहिलेसम्म १ हजार ६ सय २४ जना निको भएका छन्। यसमध्ये ९ सय १ जना पुरुष र ७ सय २३ जना महिला रहेको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

प्रकाशित: २० वैशाख २०७८ ०९:०५ सोमबार

कोरोना संक्रमण मृत्यु