समाज

शनिबार हालसम्मकै उच्च कोरोना संक्रमित, १९ को मृत्यु

ग्राफ तस्बिर स्रोत: स्वास्थ्य मन्त्रालय

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १४ हजार ९६९ नमुना परीक्षण गर्दा ५ हजार ७ सय ६३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। हाल देशभर कोरोना संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १९ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १२ सय ८७ जना निको भई घर फर्केको मन्त्रालयले जनाएको छ। पछिल्लो समय नयाँ भेरियन्ट देखिएसँगै सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको अधिकारीहरूले बताएका छन्।

प्रकाशित: १८ वैशाख २०७८ ११:१७ शनिबार

कोरोना संक्रमित