समाज

चट्याङ लागेर दम्पती घाइते

चट्याङ लागेर दैलेखमा शनिबार विहान एक दम्पती घाइते भएका छन्।

शनिबार विहान हावाहुरीसहित भएको बर्षाको क्रममा चट्याङ लागेर दुई दम्पती घाइते भएका हुन्। घाइते हुनेमा नारायण नगरपालिका –६ काँडाचौरका ४८ बर्षीय यामनारायण उपाध्याय र ४५ वर्षीया बसन्ता उपाध्याय रहेका छन्।

चट्याङ लागेर टाउकोमा चोट लागेका उनीहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।

प्रकाशित: १८ वैशाख २०७८ १०:४८ शनिबार