समाज

सुनसरीमा भोलि मध्यरातीदेखि एक साता निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्यरातीदेखि लागु हुने गरि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि सुनसरीमा पनि एकसाताको लागि निषेधाज्ञा जारी गरिएको हो। सुनसरीका प्रजिअ उमेशकुमार ढकालका अनुसार बैशाख १७ गते (शुक्रबार) मध्यराती १२ बजेदेखि २४ गते राती १२ बजेसम्मको लागि  निषेधाज्ञा जारी गरिएको छ। प्रशासनले उक्त समयमा अत्यावश्यक काम नपरी घरबाहिर निस्कन नपाइने सूचना जारी गरेको छ।  

यस्तै, एकै स्थानमा भेला, जुलुस, छलफल र गोष्ठी गर्न पनि प्रशासनले रोक लगाएको छ। सरकारी, बैक, बित्तिय, विमालगायत कार्यालयहरुबाट अत्यावश्यकबाहेकका अन्य सेवालाई स्थगित गरिएको छ। तर, माथिल्लो निकायबाट स्वीकृति लिएर आलोपालो सेवा प्रवाह गर्न सक्ने पनि प्रशासनले जनाएको छ।  

अत्यावश्यक खाद्य सामग्रीको हकमा औषधि तथा स्वास्थ्य सामग्री पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्न पाइने प्रशासनको भनाइ छ। डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ। खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसललगायत अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेछ।  

जिल्लाभर सवारीसाधनहरु जोर विजोर प्रणालीमा सञ्चालन गर्न पाइनेछ । खानेपानी, एम्बुलेन्स, खाद्यान्न, तरकारी, दुध, मासु, बैक, बित्तियलगायतको सवारीसाधनहरु भने सञ्चालन गर्न पाइनेछ।

प्रकाशित: १६ वैशाख २०७८ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App