समाज

निषेधाज्ञामा निःशुल्क शव ढुवानी र आर्थिक सहायता नरोकिने

नयाँ भेरियन्टसहितको कोरोना भाइरस नियन्त्रणमा लिन सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको भए पनि निःशुल्क शव ढुवानी र आर्थिक सहायता वितरण नरोकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ।  

बोर्डले एक सूचना जारी गर्दै अन्य सेवाहरू भने अनलाइनबाटै सञ्चालन हुने जनाएको छ। सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मृतकको घर ठेगानासम्म निःशुल्क ढुवानी गर्दै आएको छ।  

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले कोरोना सङ्क्रमणले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै आजदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरेका छन्। उपत्यकामा निषेधाज्ञा जारी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाईसेवा भने रोकिएका छैनन्। दैनिक औषत दुईरतीनवटा शव विमानस्थलमा आउने गरेको छ।

प्रकाशित: १६ वैशाख २०७८ ०९:०७ बिहीबार

निषेधाज्ञा नयाँ भेरियन्टसहितको कोरोना भाइरस