समाज

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौँ उपत्यका लगायत आसपासको क्षेत्रमा भुकम्पको धक्का महसुस भएको छ। बुधबार विहान १ बजेर ५९ मिनेटमा ३.५ म्याग्‍निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाडौंको कलंकी केन्द्रविन्दु भएर गएको भूकम्पको धक्काले कुनै पनि क्षति पुर्‍याएको विवरण प्राप्त भएको छैन। 

प्रकाशित: १५ वैशाख २०७८ ०२:४६ बुधबार