समाज

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

सोमबार राति मोरङको पथरीशनिश्चरेमा भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ। मे१त नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा करिब राति ८ बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।  

कानेपोखरी गाउँपालिका–५ का २१ वर्षीय टेकबहादुर अधिकारीले चलाएको ट्याक्टर दक्षिणबाट उत्तरतर्फ आउँदै गर्दा पथरीशनिश्चरे नगरपालिका–४ र ७ को सिमानामा पर्ने भित्री सडक खण्डमा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। तीव्र गतिका कारण आफै अनियन्त्रित भएर ट्याक्टर दुर्घटना भएको र घाइते चालक अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  

चालकको साथमा ट्याक्टरको कागजपत्र र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको र घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०७८ ०९:३५ मंगलबार

ट्याक्टर दुर्घटना मृत्यु