समाज

जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना भएको छ। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुलाहा-दुलही घाईते भएका छन्।

महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ बजेर ५० मिनेट जादाँ बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशी रहेका छन्। मृतक दुलाहाका काका रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाइते भएका छन् । दुलाहा(दुलही लगायत ११ जना सामान्य घाइते भएको स्थानीय बसन्त बिष्टले बताए।

आईतबार बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट दुलाहा लगेर उक्त जिप कञ्चनपुरको शुक्लाफाटा नगरगपालिकाको बन्सा गएको थियो। एकदिवसिय विवाह सकेर आईतबार राति नै बैतडी फर्किएको जिप दुर्घटनाको कारण खुल्न सकेको छैन। घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहको बताएको छ।

प्रकाशित: १३ वैशाख २०७८ ०३:४१ सोमबार

जन्ती बोकेको जिप दुर्घटना