समाज

बाँकेमा ११ दिनमा २७ को मृत्यु, दुई हजार ९ सय ३ जना संक्रमित

मृतकको शव ब्यवस्थापन गर्दै नेपाली सेना । तस्बिर : नागरिक

बाँकेमा बैशाख महिनायता कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैशाख १ गतेदेखि ११ गतेसम्मको तथ्यांक अनुसार बैशाख १ देखि ४ गतेसम्म दैनिक १/१ जनाको दरले संक्रमितको मृत्यु भएको छ। यस्तै बैशाख ५ गते ४ जना, बैशाख ६ गते २ जना, बैशाख ७ गतेदेखि ९ गतेसम्म दैनिक ३/३ जना, बैशाख १० गते २ जना र ११ गते ६ जनाको मृत्यु भएको छ।  

यसैगरी बैशाख १ देखि ११ गतेको बीचमा २ हजार ९ सय ३ जनालाई कोरोना पोजेटिभ भएको छ। बैशाख १ गते १ सय २३ जना संक्रमित भएका छन्। बैशाख २ गते १७ जना, ३ गते २ सय जना, ४ गते १ सय ६६ जना, ५ गते १ सय ४५ जना, बैशाख ६ गते ३ सय २२ जना, बैशाख ७ गते २ सय ८९ जना, बैशाख ८ गते ३ सय ३६ जना, बैशाख ९ गते ३ सय ८८ जना, बैशाख १० गते ४ सय ८८ जना र बैशाख ११ गते ४ सय २९ जना संक्रमित भएको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: १२ वैशाख २०७८ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App