समाज

बञ्चरो प्रहारबाट एक जनाको मृत्यु

कैलाश गाउँपालिकामा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ। कैलाश – ३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए।

उनका अनुसार बञ्चरो प्रहार गर्ने अभियुक्त ३० वर्षीय अञ्जन सापकोटालाई प्रहरी चौकी भार्ताले नियन्त्रणमा लिएको छ। अञ्जनले आफ्नै बाबुलाई ‘के कति कारणले बञ्चरो प्रहार गरी हत्या गरेको भन्ने ’विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ। रासस

प्रकाशित: १२ वैशाख २०७८ ०७:४३ आइतबार

बञ्चरो प्रहार मृत्यु