समाज

आज 'नागरिक नायक २०७८' घोषणा हुने

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १३ औं वर्ष प्रवेशको अवसरमा दरबार मार्गस्थित होटल याक एण्ड यतिमा विशेष कार्यक्रमको आयोजना गरेको छ।  

मिडियाले आफ्नो १३औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्‍याउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मान गर्ने कार्यक्रम रहेको छ। 

यस वर्ष मुलुकमा तीव्ररुपमा कोरोना संक्रमण फैलिएकोले सीमित व्यक्तिबीच मात्र कार्यक्रम सञ्चालन हुने नागरिक परिवारले जनाएको छ। यद्यपी कार्यक्रम साँझ ५ बजेदेखि ७ बजेसम्म नागरिकन्युज, नागरिक नेटवर्कको फेसबुक पेज र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने छ।

प्रकाशित: ११ वैशाख २०७८ ०६:२८ शनिबार

नागरिक नायक २०७८ नेपाल रिपब्लिक मिडिया प्रालि