समाज

प्रेस स्वतन्त्रता इन्डेक्समा नेपाल १०६औं स्थानमा

विश्व प्रेस स्वतन्त्रता इन्डेक्समा नेपाल ६ अंक माथि उक्लिँदै ३४ दशमलव ६२ अंकसहित १०६औँ स्थानमा परेको छ। गत वर्ष विश्व प्रेस स्वतन्त्रता इन्डेक्समा ३५ दशमलव १० अंकसहित ११२औँ स्थानमा रहेको नेपाल अन्य देशको प्रेस स्वतन्त्रताको अवस्था कमजोर हुँदा ६अंकले सुधार भएको देखिएको हो। रिपोटर्स विदाउट बोर्डरले सार्वजनिक गरेको सन २०२१ को प्रेस स्वतन्त्रताको अस्वस्था सार्वजनीक गर्दै नेपालमा प्रेस स्वतन्त्रतामा देखिएको सुधार सरकारी तहबाट भएको प्रयासबाट भने भएको होइन।

अन्य मुलुकमा प्रेस स्वतन्त्रता खस्किँदा नेपालको स्तरमा सुधार भएको हो। सरकारी तहबाट भने नेपालमा निरन्तर प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने प्रयास भइरहेका छन्। केही समय अघी मात्र पनि सरकारले मिडिया काउन्सिल विधेयकलाई संसद्बाट पारित गर्ने प्रयास गरेको थियो। उक्त विधेयक प्रेस स्वतन्त्रताको प्रतिकूल रहेको भन्दै विभिन्न पक्षबाट विरोध हुँदै आएका छन्। उक्त विधेयक हाल संसद्मा विचाराधिन अवस्थामा रहेको छ।  

प्रेस स्वतन्त्रतासम्बन्धी इन्डेक्समा नर्वे ६ दशमलव ७२ अंक सहित पहिलो स्थानमा रहेको छ। त्यस्तै फिनल्याण्ड दोस्रो, स्वीडेन तेस्रो, डेनमार्क चौथो र कोस्टारिका पाचौँ स्थानमा परेका छन्। उक्त रिपोर्टअनुसार अमेरिका ४४औँ स्थान र बेलायत ३३औँ स्थानमा रहेको छ। नेपालका दुई छिमेकी मुलुक चीन एक सय ७७ स्थान र भारत एक सय ४२औँ स्थानमा परेका छन्। त्यस्तै सार्क मुलुकहरू बंगलादेश १५२ औँ स्थानमा, श्रीलंका १२७औँ स्थानमा र पाकिस्तान १४५ औँ स्थानमा परेका छन्।

प्रकाशित: ८ वैशाख २०७८ ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App