समाज

पौने तीन लाख बराबरको खाद्यान्न र हार्डवेयरका सामान बरामद

वीरगञ्जबाट प्रहरीले पौने तीन लाख बराबरका विभिन्न सामान बरामद गरेको छ। प्रहरीले भन्सार छली ल्याउँदै गरेको खाद्यान्न तथा हार्डवेयरका सामान बरामद गरेको जनाएको छ।

वीरगञ्ज प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले वीरगञ्ज महानगरपालिका भित्रका ईनर्वा गाउँ, छपकैया गाउँ, भकुवा, सिर्सिया र नगवाबाट अवैध रुपमा भन्सार छली ओसारपसार गर्दै गरेको सामान बरामद गरेको जनाएको छ।

बरामद गरिएको २ लाख ८२ हजार मूल्य बराबरको खाद्यान्न र हार्डवेयर पार्टसु लगायतका समान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए।

प्रकाशित: ७ वैशाख २०७८ १२:३४ मंगलबार

खाद्यान्न र हार्डवेयरका सामान