समाज

कस्तो रहला आजको मौसम ?

आज देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानरुमा अपरान्ह पछि मेघगर्जन चट्टयाङ्ग, हावाहुरी, असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

कर्णाली, गण्डकी  तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्य बदली रहने जल तथा मौसम विभागले जनाएको छ ।  

आज राति देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने छ। बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: ७ वैशाख २०७८ ०४:२१ मंगलबार

आजको मौसम