समाज

देशका केही स्थानमा वर्षाको सम्भावना

आज देशको पहाडी भूभागका केही स्थानहरुमा हावाहुरी चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विभागका अनुसार अपरान्हतिर मेघगर्जन चट्याङ, हावाहुरीको पनि सम्भावना रहेको छ।

दिउसो देशको प्रदेश न १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आशिंकदेखि सामान्य बदलीको सम्भावना रहेको  जल तथा मौसम विभागले जनाएको छ।

यस्तै राति देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन चट्याङ हावाहुरीको पनि सम्भावना रहेको छ। बाँकी भूभागमा मौसम सफा रहने विभागले जनएको छ।

प्रकाशित: ५ वैशाख २०७८ ०७:१७ आइतबार

चट्याङसहित वर्षाको सम्भावना जल तथा मौसम विभाग