समाज

हात्तीको आक्रमणबाट किसानको मृत्यु

गहुँ बालीको कुरुवा बसेका सप्तरीको एक किसानको शुक्रबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको आक्रमणबाट हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका ६० वर्षीय नारायण प्रमाणी राजधोवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

प्रमाणीको छातीमा हात्तीले खुट्टाले कुल्चेको प्रहरीले जनाएको छ। कोशी नदी पश्चिम किनार गोलघर नजिक केरा खेतीसँगै किसानहरुले गहुँबाली लगाउने गरेका छन्। मृतकका एक श्रीमती, एक छोरा र एक छोरी छन्। छोरीको विवाह भइसकेको छ भने २१ वर्षीय छोराको वैशाख १३ गते विवाह तय भएको थियो।  

आरक्षका जङ्गली हात्तीलाई सीमावर्ती क्षेत्रमा रोक्न भारतले बाटोमा नयाँ प्रविधिको सोलार फेन्सिङ तारवार लगाएको छ वार्डेन अशोक रामले बताए। सोलार तारवारले भारततर्फ जान नपाएका हात्ती सप्तरीतर्फ हान्निको हो।  

हात्तीको आक्रमणमा सप्तरीमा मानिसको मृत्युसँगै घर र बालीमा क्षती बढ्दो छ। सप्तरीको भारदह, हनुमाननगर, कञ्चनरुप, सप्तकोशी, अग्नीसाइर कृष्णसवरण, रुपनी, शम्भुनाथ, सुरुङ्गालगायतका पालिकामा हात्तीको आतंक बढ्दो छ।

प्रकाशित: ३ वैशाख २०७८ १०:३८ शुक्रबार

किसानको मृत्यु गहुँ बाली