समाज

किसानले लगाए मकैको साटो बारीभरि आलु

डुंगेश्वर गाउँपालिका २ का स्थानीयले घर नजिकै लगाएको आलुको ड्याम। तस्विर: गोविन्द केसी/नागरिक

डुंगेश्वर गाउँपालिका –२ कुईयाताल क्षेत्रमा स्थानीय किसानले परम्परागत रुपमा मकैं लगाउने बेला आलु खेती लगाएका छन। दुःख बढी हुने, आम्दानी कम हुने भएपछि लगाउदै आएको मकैंको साटो आलु खेती लगाईएको हो। छोटो समयमा धेरै आम्दानी हुने आलु खेती सामुहिक रुपमा गर्न किसानहरु उत्साहित भएका छन्। घरमा खानका लागि मात्र आलु लगाउँदै आएका स्थानीय किसानहरुले अहिले ब्यवसायिक रुपमै लगाएका हुन्।

गाउँभरि आलु खेती विस्तार तथा बीउ श्रोत केन्द्रको लागि आलु लगाईएको हो। मुल्य राम्रो पाउने र विउको रुपमा प्रयोग गर्ने गरि आलु लगाईएको स्थानीय किसानहरु बताउँछन्। उनीहरुले आलु उत्पादन गरि मुल बिउको रुपमा बेच्ने तयारी गरिरहेका वडाअध्यक्ष राजु केसी बताउँछन्।

गाउँमै आलु भण्डारणका लागि रष्टिक स्टोर बनाईएको छ। बीउ उत्पादनका लागि यहाँका किसानहरुलाई आलु उत्पादनमा जोड दिईएको कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत राजु गुप्ताले बताए। किसानहरुलाई आर्थिक समृद्धिका लागि आलु खेती गर्न उत्साहित गरिएका वडा अध्यक्ष राजु केसीले बताए। यहाँ परम्परागत खेतीले वर्षदिन खान गाह्रो हुने गरेकोमा अहिले बेमौसमी नगदे बाली तर्फ आर्कषण हुन थालेको छन्।

प्रकाशित: ३ वैशाख २०७८ ०४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App