समाज

नई शोध पुरस्कार समर्पण गरिने

नई प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाममा विद्यावारिधि शोध गर्ने एकजना विशिष्ट शोधार्थीलाई १ लाख रुपैयाँ राशिसहित नई शोध पुरस्कार समर्पण गरिने भएको छ। 

राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा. वासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्वनारी रत्न बानिरा गिरिका व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि शोध गर्ने एकजना विशिष्ट शोधार्थीलाई नई शोध पुरस्कार समर्पण गरिने भएको हो।  

नई प्रकाशनद्वारा नै उपाधि, सम्मान र पुरस्कारले विभूषित माथि उल्लिखित पाँचजना साधकमध्ये सम्बन्धित एक जनाको नाम जोडेर हरेक वर्ष नई शोध पुरस्कार समर्पण गर्ने निर्णय गरिएको छ।

प्रकाशित: ३ वैशाख २०७८ ०२:४६ शुक्रबार

नई शोध पुरस्कार समर्पण गरिने