समाज

गुल्मीमा अटोरिक्सा दुर्घटनाः एकको मृत्यु, ४ जना घाइते

गुल्मीको सत्यवती-३ ठुलोलुम्पेकमा आज (बुधबार) अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। 

नयाँ वर्षको अवसरमा पिकनीक खान सत्यवती डाँडामा जाने क्रममा ठुलोलुप्पेकको ख्वाङखोला नजिकै रिक्सा दुर्घटना भएको गुल्मी प्रहरीले जनाएको छ। लु २ स ००९९ नम्बरको अटो दुर्घटना हुँदा त्यसमा सवार सत्यवती २ थुम्काकी २८ वर्षीया तारा राहदीको मत्यु भएको जिल्ला प्रहरी कर्यालय गुल्मीका डिएसपि पुरुषोत्तमप्रसाद पाण्डेले बताए।

दुर्घटनामा संगीता राहदी, मिना राहदी, इन्द्रा तरामु र एक जना बालक ज्ञानबहादुर तरामु घाइते भएका छन्। घाइते मध्ये संगीताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि पाल्पा मिसन अस्पताल ल्याइएको छ। 

रिक्सा अनियन्त्रित भइ सडकबाट एक सय मिटर तल खसेको बताइएपनि दुर्घटनाको कारण खुलिसकेको छैन।

प्रकाशित: १ वैशाख २०७८ १२:४६ बुधबार

गुल्मीमा अटोरिक्सा दुर्घटना