समाज

नहरमा नुहाउन गएका दुई जना बालकको मृत्यु

नहरमा नुहाउन गएको बेला इटहरी वडा नं. १४ मा मंगलबार साँझ दुई जना स्कुले बालकको मृत्यु भएको छ। सुनसरी-मोरङ सिचाइँ आयोजनाको नहरमा स्कुल छुटे भएपछि नुहाउन गएका इटहरी वडा नं. ७ का १७ वर्षे सायल चौधरी र वडा नं. ५ का १४ वर्षे आयूस भूर्तेलको मृत्यु भएको हो। मृतक दुवै जना इटहरी वडा नं. ५ को सेक्रेट हार्ड बोडिङ स्कुल कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्।  

इलाका प्रहरी कार्यालय पकलीका अनुसार साँझ ५:३० बजे डुबेका दुवै जनाको राति १० बजे मृत भेटिएका थिए। ‘साथीहरुसँग नहरमा नुहाउन गएको बेला दुई जना भने गहिरो स्थानमा परेकाले गर्दा मृत्यु भएको पाइयो,’ प्रहरी निरीक्षक कैलाश अधिकारीले भने। उनका अनुसार दुवै जना डुबेकै स्थानमा भेटिएका थिए।  

आठ जना साथी मिलेर नहरमा नुहाउन गएको बेला गहिरो स्थानमा पुगेर सायल डुबेपछि आयूसले बचाउन खोज्दा उनी पनि डुबेको खुलेको छ। वडा नं. ७ का वडाध्यक्ष नरबहादुर राईंका अनुसार गहिरो ठाउँमा हाम फालेर नुहाउन खोज्दा दुःखद् घटना हुन पुगेको बताए।  

मृतक दुई जनालाई अरु साथीले पनि बचाउन खोजेपनि सम्भव नभएको जानकारी दिइयो। वडा नं. ७ का बालबालिका अरु बेला पनि फुर्सदमा नहरमा नुहाउन जाने गरेका थिए।

प्रकाशित: १ वैशाख २०७८ १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App