समाज

करेन्ट लागेर एकको मृत्यु

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँमा आइतबार साँझ एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

सुन्दरहरैंचा–७ का २६ वर्षीय विनोद घिमिरेको बिजुलीको वाइरिङ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। घिमिरे छिमेकीको घरमा बिजुलीको वाइरिङ गर्दै गर्दा करेन्ट लागी घाइते भएका थिए।

करेन्ट लागेर घाइते भएका घिमिरेको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० चैत्र २०७७ ०९:३८ सोमबार

मृत्यु करेन्ट लागेर