समाज

लहानमा सुनचाँदी व्यपारीको गोली हानी हत्या

लहान नगरपालिका–१९ मा सुनचाँदीको पसल गर्ने एक युवकको अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरेको छ। मध्यराती सुतिरहेको बेला घरभित्र प्रदेश गरी हतियारधारी समूहले ४० वर्षीय प्रदीपकुमार विश्वकर्मालाई हत्या गरेको प्रहरीले जनाएको छ।  

ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालकाअनुसार डकैती गर्न आएका आएका हतियारधारी समूहसँग प्रतिकारमा विश्वकर्माको मृत्यु भएको छ। उनीमाथि हतियारधारी समूहले गोली प्रहार गरेको बुझिएको छ। पोष्टमापर्टम रिपोर्ट आएपछि कुन हतियार प्रयोग भएकोबारे यकीन हुन्छ।

हतियारधारी समूहले विश्वकर्माकी श्रीमती अमिता विश्वकर्मामाथि पनि धारिलो हतियार प्रहार गरेको छ। घाइते उनको लहान अस्पतालमा उपचार भैरहेको छ। प्रहरीले शंकास्पद दुई जना व्यतिmलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी दहालले बताए।

हतियारधारी समूह विश्वकर्मा बस्दै आएको घरमा सिढी हालेर भित्र प्रवेश गरेको स्थानीयले बताए।

प्रकाशित: २९ चैत्र २०७७ ०१:०२ आइतबार

सुनचाँदी व्यपारी