समाज

बर्दियाबाट चिडियाखानामा ल्याइयो नरभक्षी बाघ (तस्बिरसहित)

बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ। मान्छेमाथि आक्रमण गर्ने १० वर्षको भाले बाघलाई निकुञ्जको टोलीले डार्ट हानेर बेहोस बनाइ नियन्त्रणमा लिइएको हो। बाघलाई बर्दियाबाट गाडीमा हालेर चिडियाखानामा ल्याइएको छ।

ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत ३४ वर्षीय पुलीसराम थारुको आइतबार साँझ पौने ६ बजे बाघको आक्रमणबाट मृत्यु भएको थियो। उनी गैंडा गणना गर्ने क्रममा बाघले उनीमाथि आक्रमण गरेको थियो।

प्रकाशित: २४ चैत्र २०७७ ०८:११ मंगलबार

नरभक्षी बाघ बर्दिया राष्ट्रिय निकुञ्ज