समाज

काँक्रेविहार क्षेत्रमा आगलागी

मिनी लुम्बिनी भनेर चिनिने काँक्रेविहार संरक्षित वन क्षेत्रमा शनिबार दिउँसो आगलागी भएको छ। अहिले आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। आगो नियन्त्रणका लागि वीरेन्द्रनगर नगरपालिकाको दमकल पनि पुगेको छ।

दिउँसो करिब १ बजेदेखि सुरु भएको आगो नियन्त्रणका लागि ढिलो हुँदा आगो वन क्षेत्रमा फैलिएको थियो।  

काँक्रेविहार वन क्षेत्र जरायको लागि उपयुक्त बासस्थान मानिन्छ। आगलागी भएदेखि स्थानीयले पटकपटक स्थानीय प्रशासनलाई जानकारी गराउँदा पनि स्थानीय प्रशासनले बेवास्ता गरेको स्थानीय नविना श्रेष्ठले जनाइन्। झन्डै चार किलोमिटर क्षेत्रफलमा आगलागी भइसकेको छ भने तल्लो गाउँ क्षेत्रमा पुगेको आगलागीले स्थानीयको घरमा समेत क्षति हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: २१ चैत्र २०७७ १२:५७ शनिबार

काँक्रेविहार क्षेत्र आगलागी मिनी लुम्बिनी