समाज

बस दुर्घटनामा मृत्यु भएकाको सनाखत

यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए।

दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नम्बरको यात्रुबस बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार बेलुका दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका थिए। घाइते भएकामध्ये छ मध्यम, दुई गम्भीर घाइते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

दुईजनालाई गए राति नै थप उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ भने  छ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइते उपचारपछि घर फर्किसकेका छन्। बस बे्रक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २१ चैत्र २०७७ ०२:५३ शनिबार

बस दुर्घटना सनाखत