समाज

दाङमा यात्रुबाहक बस दुर्घटनाः दुईको मृत्यु, दुई दर्जन बढी घाइते

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए।

मृतकको सनाखत हुन सकेको छैन। सो दुर्घटनामा दुई दर्जन बढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए। घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ। रासस

प्रकाशित: २० चैत्र २०७७ १४:०४ शुक्रबार

यात्रुबाहक बस दुर्घटना