समाज

ग्यास शिलिण्डर पड्केर घाइते भएकाको मृत्यु

भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ५ सृजनानगरस्थित पसलमा ग्यास पड्केर घाइते भएका पसल मालिक टिकाराम बस्नेतको शुक्रबार मृत्यु भएको छ। चैत ८ गते शिवलाल कस्पालको ४ तले पक्की घरको पहिलो तलामा संचालन रहेको भीमेश्वर मःमः एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँसको सिलिण्डर पड्केर घाइते होटल संचालक बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

परिसरका सूचना अधिकृत दीपक गिरीले घाइते भई उपचारार्थ डा. ईवामुरा अस्पताल सल्लाघारी र मध्यपुर अस्पताल ठिमी लगि सामान्य उपचार पश्चात् थप उपचारको लागि किर्तीपुर बर्न सेन्टर अस्पताल लगिएकोमा उपचारकै क्रममा होटल संचालक दोलखा सैलुङ गा.पा. ६ घर भई हाल जिल्ला भक्तपुर सुर्यबिनायक न.पा. ४ दधिकोट बस्ने वर्ष ३९ का बस्नेतको सम्बन्धित चिकित्सकले मृत्यु भएको घोषणा गरेको जनाए। अन्य ५ जना घाइतेको उपचार भइरहेको जनाइएको छ। घटनाको क्रममा सोही स्थानमा बसिरहेका काठमाडौ कोटेश्वर बस्ने वर्ष ३३ का राजेन्द्र कार्की र वर्ष ३९ की गीता कार्की दुवैजना गम्भीर रहेको परिसरले जनाएको छ।  

यस्तै, घटनामा परेका झापा बुद्धशान्ति गाउँपालिका २ घर भई हाल सल्लाघारी भक्तपुर बस्ने वर्ष १९ का आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक नगरपालिका ५ कटुन्जे बस्ने वर्ष १७ का विकास पौडेल र वर्ष १६ का हिमुन्स थापा सामान्य अवस्थामा रहेको जनाइएको छ।

प्रकाशित: १३ चैत्र २०७७ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App