समाज

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित: १३ चैत्र २०७७ ०३:१४ शुक्रबार

श्रीमतीको हत्या श्रीमान् पक्राउ