समाज

सीमा नाकामा हेल्थडेस्क

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि बैतडीको सीमा नाकामा पनि सर्तकता अपनाउन थालिएको छ। भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई नाकामा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको सीमा नाकामै कोरोना परीक्षणको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। सीमा नाकाबाट फर्कने नागरिकको एन्टिजेन विधिबाट कोरोना परीक्षणको तयारी भएको उनले बताए। सीमा नाकामा रहेको हेल्थ डेस्कमार्फत कोरोना परीक्षणको व्यवस्था गरेको उनको भनाइ छ।

सिमानाका झुलाघाटमा रहेको हेल्थ डेस्कमा कोरोना परीक्षणका लागि एकजना प्रयोगशालाकर्मी खटाइसकेको हो। एन्टिजेन विधिबाट कोरोना परीक्षणका लागि ५ सय थान किट जिल्ला पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: ११ चैत्र २०७७ ०२:०२ बुधबार

सीमा नाका