समाज

बाँचुहिटी ज्ञानमाला भजन खलः स्थापना

भक्तपुरको देइगनामा बाँचुहिटी ज्ञानमाला भजन खलः स्थापना गरिएको छ । २०७५ सालमै स्थापित ज्ञानमाला भजन खलको स्थानीय शुभद्रा यालानासको सक्रियतामा एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।  

ज्ञानमाला भजनको उद्घाटन राष्ट्रिय ज्ञानमाला भजनका केन्द्रीय अध्यक्ष रमना श्रेष्ठले गरिन् । कार्यक्रममा राष्ट्रिय ज्ञानमाला भजन खलका क्षेत्रीय उपसमिति संयोजक पुन्यरत्न शाक्य, सचिव गौतम बज्राचार्य, स्थापित बाँचुहिटी ज्ञानमाला भजन खलःकी अध्यक्ष शुभद्रा यालानासलगायतले बोलेका थिए । 

कार्यक्रममा भक्तपुर ज्ञानमाला भजन अध्ययन प्रतिवेदन २०७७ का अध्ययनकर्ता डा. इन्दुल केसीले सो ज्ञानमाला भजनको अवस्थाबारे जानकारी गराए । बुद्धको माध्यमबाट विश्व शान्तिमा सहयोग गर्न भजन गर्ने उद्देश्यका साथ खलःको उद्घाटन गरिएको हो । खलःको स्थापनासँगै त्यहाँ विभिन्न समयमा भजनकीर्तन गरिनेछ । 

प्रकाशित: ११ चैत्र २०७७ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App