समाज

जंगी अड्डा भित्रको एक भवनमा आगलागी (तस्बिरसहित)

जंगी अड्डा सुन्धाराको एक भवनमा आगलागी भएको छ। बिहिवार जंगी अड्डा भित्रको एक भवनको दोस्रो तलामा आगलागी भएको थियो। दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो।

विजुली सर्ट भएर आर्मी अफिसर्स क्लवको एक भवनमा आगलागी भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्भ पौडेलले बताए।

आगलागीलाई तुरुन्तै नियन्त्रणमा लिँदा कुनै क्षती हुन नपाएको उनले बताए।  

 

 

प्रकाशित: ५ चैत्र २०७७ १०:४५ बिहीबार

आगलागी नेपाली सेना