समाज

गाँजा खुवाउने प्रलोभन देखाएर हुसेनको हत्या

हत्या अरोपमा पक्राउ परेका तीनैजनालाई सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक शाही।

जितपुर सिमरा उपमहानगरपालिका २३ भलुहीका १४ वर्षीय बालक सहिद हुसेनको हत्या आरोपमा उनकै तीन जना साथीहरुलाई पक्राउ गरी बारा प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

हुसेनको हत्या अभियोगमा सार्वजनिक गरिएकोमा भलुहीकै, कियामुदीन मंसुरी, अफसान भनिने अमर हुसेन मिया र आबेदिन मिया अंसारीलाई रहेको पत्रकार सम्मेलमा बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले बताएका छन्।

फागुन ११ गते राती सहिद हुसेनलाई गाँजा खान जाउ भनी घरबाट बाहिर लगेर तीनै जनाले हत्या गरि शवलाई खाल्डोमा राखी खरानीले पुर्ने काम समेत गरेको अनुसन्धानबाट खुलेको उपरीक्षक शाहीले बताए।

उपरीक्षक शाहीका अनुसार हुसेनलाई गाँजा सेवन गर्न भनि घरबाट अमर हुसेनले बोलाएर लगेको र आबेदिन मियाँले घरबाट  डोरी लगेर कियामुदीन मंसुरलाई दिए कियामुदीनले हुसेनको घाटीमा लोडी कशी लडाएर हत्या गरि शवलाई खाल्डोमा परेका थिए।  

पक्राउ परेका तीनैजना कियामुदीन मंसुर २५ बर्षका, अफसान भनिने अमर हुसेन २१ वर्ष र आबेदिन मिया १९ वर्षको रहेको र उनीहरूसँग हत्या गरिएका हुसेनको परिवारसँग पुरानो रहेको जग्गा विवाद, प्रेम प्रशंगमा झगडा र आपसी विवादसमेत रहेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए।

हत्या गरिएका हुसेनसँग  र पक्राउ परेका तीनैजना मध्ये एक जनाको वहिनीसँग प्रेम प्रसग रहेको त्यही बिषयमा एक पटक हुसेनको परिवारसँग पक्राउ परेका एक जनाको परिवारसँग झगडा समेत भएको अनुसन्धानबाट खुल्न आएको मिश्र बताए।

हत्या भएको १७ दिन पछि साहिदको शव कुहिएको अवस्थामा फेला परेको थियो । कर्तव्यज्यान मुद्दामा उनीहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ।

जितपुरसिमरा उपमहानगरपालिका १० बेहरा टोलको खाल्डोमा खरानीले पुरिएको अवस्था कुहिएको शवा फागुन २८ गते बरामत गरिए पछि शव हराएका हुसेनको रहेको उनका बुवा जाकिर हुसेनले पहिचार गरेका थिए।

प्रकाशित: ४ चैत्र २०७७ १३:१७ बुधबार