समाज

पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

फाइल तस्बिरः नागरिक

आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै  पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।  

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ। पहाडी भूभागमा अपराह्न आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।  मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव सात डिग्री सेल्सियस  छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव शून्य र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३३ दशमलव दुई डिग्री सेल्सियस छ। 

प्रकाशित: ३ चैत्र २०७७ ०६:३० मंगलबार

वर्षाको सम्भावना माैसम