समाज

बुटवलको दियालो फुडल्याण्डमा आगलागी

बुटवल मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा आगलागी भएको छ। गएराती करिब २ दुइबजे तिर होटलको माथिल्लो तलामा रहेको रेष्टुराबाट आगो सल्कीएको थियो। बुटवल उपमहानगरको दमकलले तीन घण्टापछि आगो नियन्त्रणमा लिएको थियो। कामदारहरु माथिल्लो तलामै सुतेका भए पनि आगो सल्किीएको थाहा पाएपछि समयमै त्यहाँबाट भाग्न सफल भएको प्रहरीले जनाएको छ।  आगलागीबाट माथिल्लो तलाका सबै सामान जलेर नष्ट भएको छ।  

भुइतला भने सुरक्षित रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि प्रतितसिंह राठौरले क्षतीको एकिन विवरण आइनसकेको र थप अनुसन्धान भइरहेको बताए। बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने भनिएपनि छानबिन भइरहहेको डिएसपी राठोरले बताए। होटलका प्रवन्धक मदन भण्डारीले आगलागीबाट डेढ करोडको क्षति भएको दावी गरेका छन।  

 

 

प्रकाशित: २७ फाल्गुन २०७७ ०५:४९ बिहीबार

आगलागी