समाज

शिवरात्रिमा काठमाडौंका यी स्थानमा सवारी आवागनमा रोक

भोलि (बिहीबार) शिवरात्रिका दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चलाउन नपाइने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको हो।  

महाशाखाले शिवरात्रिका दिन भक्तजनहरुको चाप अत्यधिक बढ्ने भएकाले उक्त क्षेत्र वरपर सवारी आवागमन निषेध गरिएको जनाएको छ। महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सूचनामा उल्‍लेख गरेको छ।

हेर्नुस् सवारी निषेध गरिएको क्षेत्र

प्रकाशित: २६ फाल्गुन २०७७ ०३:०३ बुधबार