समाज

आरक्षका जनावर चोरी शिकारी गर्ने पक्राउ, सात जना फरार

कोशी टप्पु वन्य जन्तु आरक्ष तथा आसपासका क्षेत्रको पाँच सयभन्दा बढी हेक्टर जग्गा अतिक्रमण गरि बग्रेल्ती घर निर्माण गरेसँगै आरक्ष क्षेत्रका जनावर चोरी सिकारी गर्ने एक जना पक्राउ परेका छन । चोरी शिकारी गर्ने समूहका सात जना फरार भएका छन्।  

आरक्षको गस्ती टोलीले सप्तरी भागलपुर क्षेत्रबाट उदयपुर वेलका वडा नं. २ का ३८ वर्षे शुक्रमान राईंलाई पक्राउ गरेको हो। पक्राउ पर्ने राईंलाई मुद्दा चलाएर अनुसन्धान थालिएको छ। उनको साथबाट गस्ती टोलीले चार थान भरुवा बन्दुक, ११ थान सिसाको गोली, बारुद्द दुई सय ग्राम, मृगको १३ केजी पाँच सय ग्राम मासु, दाउ, स्लििपिङ् ब्याग, टर्च लाइटलागयतका सामग्री पनि बरामद गरिएको छ।  

सरकारले विसं २०६१ मा आरक्ष वरिपरिका २१५ वस्तीलाई समेटी एक सय ७३.५० वर्ग किलोमिटर क्षेत्रलाई कोशीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र घोषणा थियो। आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन्। यो क्षेत्रभित्र रहेका जनावरलाई चोरी शिकारी गर्ने समूहले अनेक उपाय लगाएर निसाना बनाउने गरेको छ।  

कोशी टप्पु वन्य जन्तु आरक्ष प्रशासनको रेकर्ड अनुसार कोशी नदीले कटान गरेपछि र २०६३ साल आसपास बढी जग्गा अतिक्रमण गरेकोमा चोरी शिकारी गर्ने समूहका कारण जनावर पनि घट्दा छन्। यसले गर्दा आरक्षमा जग्गा अतिक्रमण, जनावर चोरी शिकारी रोक्नु र जंगली हातीबाट सर्वसाधारण सदावर पीडित हुने क्रममलाई नियन्त्रण गर्नु मुख्य चुनौती रहेका छन्।  

आरक्ष क्षेत्र आसपासका बासीन्दा र आरक्षका रैथाने जनावर दुवैका लागि क्षेत्र विस्तार उत्तम विकल्प मानिदै आएकोमा चोरी शिकारी गर्ने गिरोहले पनि बढ्दो रहेको वार्डेन अशोक रामले बताए। आरक्ष क्षेत्रमा जंगली हात्ती, अर्ना, मृग, वदेललगायतका जनावर रहेका छन्। यीमध्ये अर्ना, मृग र वदेल बढी मात्रमा चोरी शिकारी हुने गरेको पाइएको छ।

प्रकाशित: २० फाल्गुन २०७७ १२:५७ बिहीबार