समाज

सरकारले कोरोनाबाट मृत्यु हुनेको तथ्याङक सच्यायो

सरकारले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सच्याएसँगै मृतकको संख्या बढेको छ। कोरोनाबाट मृत्यु भएका थप ६१९ जनाको संख्या थप्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्याङक सच्याएको हो।

मन्त्रालय र सीसीएमसीको रिपोर्ट अद्यावधिक गरेर नयाँ तथ्याङक सार्वजनिक गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।  

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ। सरकारलाई कोरोनाबाट मृत्यु हुनेको संख्या लुकाएको आरोप लाग्दै आएको थियो।

 

 

प्रकाशित: १२ फाल्गुन २०७७ १२:३० बुधबार

कोरोना भाइरस कोरोनाबाट मृत्यु