समाज

मेलम्चीको सुरुङमा पानी भरेर परीक्षण

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएको छ। २६ किलोमिटर सुरुङमा सोमबार पानी पठाएर परीक्षण सुरु गरिएको हो।  

आयोजना स्थलमा एक कार्यक्रम गरेर परीक्षण गरिएको हो। सुरुङमा पानी पठाएर परीक्षण गर्ने कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापा, पूर्वमन्त्री शेरबहादुर तामाङ लगायतको उपस्थिति थियो।

यस अघि गत असारमा पनि सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो। परीक्षणका लागि सुरुङमा भरेको पानीले गेट नं १७ लाई फुटाएर एक इन्जिनियर र चालकलाई बगाएको थियो।

 

 

प्रकाशित: १० फाल्गुन २०७७ ०९:११ सोमबार

मेलम्ची सुरुङ