समाज

देशभर पश्चिमी वायुको प्रभाव कायमै

शनिबार देशभर पश्चिमी वायुको प्रभावका कारण आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ। यस्तै प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको माहाशाखाले जनाएको छ।  

पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित: ८ फाल्गुन २०७७ ०२:२७ शनिबार