समाज

रुपन्देहीमा स्कुल बसको ठक्करबाट एकको मृत्यु

रुपन्देहीको तिलोत्तमामा स्कुल बसको ठक्करबाट आज एक जना पैदल यात्रीको मृत्यु भएको छ । एक जना घाइते छन । मणिग्रामको शान्ती नमुना माविको लु १ क ८२४ नम्बरको बसले  तिलोत्तमा ११ कुमारी चोकमा सडकमा हिडीरहेका दुइ जनालाइ ठक्कर दिएको थियो ।  

बसको ठक्करबाट कुमारी चोककै ३४ बर्षीया सुमन खौसियाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का स्थानीय आरती थापा घाइते भएकी छन । थापाको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको छ । बस र चालक प्रहरी नियन्त्रणमा छन । विपरित दिशाबाट आइरहेको ट्रकले झुक्याउदा दुर्घटना  हुन पुगेको दावी चालकले गरेपनि प्रहरीले अनुशन्धान भइरहेको जनाएको छ ।  

 

प्रकाशित: ६ फाल्गुन २०७७ ०९:४७ बिहीबार

बसको ठक्कर