समाज

सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

काठमाडौंमा बेवारिसे शव जलाउँदै आएकी सपना रोका मगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन्।

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना र बस्नेतले बेवारिसे शव जलाउँदै आएका थिए। सपनाले आफुमाथी बस्नेतले अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्। सपनाको जाहेरीको आधारमा उनलाई नयाँ वसपार्क क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए।

बस्नेतले सपनालाई विभिन्न माध्यमबाट धम्की दिएका थिए।

 

 

प्रकाशित: ४ फाल्गुन २०७७ १२:५१ मंगलबार

सपना रोका मगर पक्राउ